|

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८ सय ५९ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले राजधानीमा पछिल्लो २४ घण्टामा यति धेरै संक्रमित भेटिएको पुष्टि गरे।

गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै ६ सय ९८ जना संक्रमित भेटिएका छन्। अर्कतिर ललितपुरमा ७९ जना संक्रमित भेटिँदा भक्तपुरमा ८२ जना नयाँ संक्रमित थपिएका छन्। 

यस्तै देशभर शुक्रबार २ हजार २० जना नयाँ संक्रमित थपिएका छन्। सरकारले पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनामा पिसिआर परीक्षण गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.