|

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ पुरुषको ज्यान गएको हो।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरूमा मोरङका ६६ वर्षका २, काठमाडौंका ८४ वर्षका, भक्तपुरका ८२ वर्षका, नवलपरासीका ३१ वर्षका पुरुष छन्। यस्तै, काठमाडौंकै ८४ वर्ष र ललितपुरमा ६६ वर्षका गरि २ महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो संख्यासँग नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर २ हजार २० संक्रमित थपिएका छन्। आज देशभरबाट ८ सय ७१ संक्रमित डिस्चार्ज भएका छन्।  आज देशभर सक्रिय संक्रमित १७ हजार ३ सय ८३ जना छन्।

त्यस्तै, आजको पिसिआर ११ हजार ४ सय ५८ रहेको छ।  आज होम आइसोलेसनमा ८ हजार ८८ छन् भने क्वारेन्टाइनमा ७ हजार ७ सय ३६ जना अझै बसिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.