|

काठमाडौं : पछिल्लो एक महिनायता उपत्यकामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमित संख्या दैनिक पाँच सयभन्दा बढीले थपिने गरेको छ।

काठमाडौं उपत्यकामा शुक्रबार एकैदिन थप ८५९ जनामा कोरोना संक्रमण देखिएको छ। यो संख्या काठमाडौं उपत्यकामा एकैदिन देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८ जना, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना गरी कुल ८५९ जनामा संक्रमण देखिएको छ।

त्यसो त आज देशमै पनि कोरोना संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ। देशभर ११ हजार ४५८ जनाको पिसिआर गर्दा २ हजार २० जनाको पोजेटिभ आएको छ। यो संख्या एकैदिन देखिएको अहिलेसम्मकै बढी हो।

कोरोना संक्रमण बढदै जाँदा उपत्यकासहित देशभरको लकडाउन भने अहिले प्राय: खुलेको अवस्था छ। यसले संक्रमितको संख्या थप बढ्ने देखिएको छ।

उपत्यकामा हाल दिनहुँ थपिने संक्रमितहरूमध्ये धेरैजसो स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार भदौको अन्तिम साता अर्थात् २५देखि ३१ सम्म काठमाडौं उपत्यकामा ४ हजार २२१ जना कोरोना भाइरस संक्रमित थपिएका संक्रमितहरूमध्ये एक चौथाइ भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेको छन्।

मन्त्रालयको विवरणअनुसार २५ देखि ३१ भदौसम्मको अवधिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी १ हजार ९ जना संक्रमित भएका छन्। यो संख्या उपत्यकामा सो अवधिमा संक्रमित कुल संख्याको २३.९० प्रतिशत हो।

सो सात दिनको अवधिमा स्वास्थ्यकर्मीहरू ३१३ जना ९ ७.३४ प्रतिशत० संक्रमित भएका छन्। सुरक्षाकर्मीको संख्या ६९६ जना ९१६.४८ प्रतिशत रहेको छ।

२५ भदौमा उपत्यकामा ५७२ जनामा संक्रमण देखिँदा ३५ जना स्वास्थ्यकर्मी र १५२ जना सुरक्षाकर्मी थिए। २६ भदौमा ६९६ जनामा संक्रमण देखिँदा ३० जना स्वास्थ्यकर्मी र १५० जना सुरक्षाकर्मी संक्रमणमा परेका थिए। २७ भदौमा ४३१ जनामा संक्रमण देखिँदा ५० जना स्वास्थ्यकर्मी र २८ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो।

यस्तै, २८ भदौमा ५९७ जनामा कोरोना संक्रमण देखिँदा ३१ जना स्वास्थ्यकर्मी र ८१ जना सुरक्षाकर्मी संक्रमणमा परेका थिए। २९ भदौमा ६७६ जनामा कोराना संक्रमण दखिँदा ५३ जना स्वास्थ्यकर्मी र १६० जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो र ३१ भदौमा ७३७ जनामा कोरोना संक्रमण देखिँदा ५९ जना स्वास्थ्यकर्मी र ७८ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार स्वास्थ्यकर्मीहरूमा अधिकांश अस्पतालको फ्रन्टलाइनमा कार्यरत चिकित्सक रहेका छन्। त्यसपछि नर्स, अरू स्वास्थ्यकर्मी र सरसफाइमा कार्यरत कर्मचारीहरू रहेका छन्।  यस्तै, सुरक्षाकर्मीमा पनि अधिकांश फ्रन्टलाइनमा खटिने नेपाल प्रहरीका जवान छन्, त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेनासमेत रहेका छन्। ठूलो संख्यामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमण देखिँदा यसले उपत्यकामा संक्रमणको जोखिम भयावह रुपमा देखिएको बताइएको छ।

एक हप्तामा हरेक दिन कति संक्रमि?

 मन्त्रालयको विवरणअनुसार गत एक हप्तामा भदै २५ गते ३५ जना स्वास्थ्यकर्मी १५२ जना सुरक्षाकर्मी,२६ गते ३० जना स्वास्थ्यकर्मी १५० जना सुराकर्मी, २७ गते ५० जना स्वास्थ्यकर्मी २८ जना सुराकर्मी २८ गते ३१ जना स्वास्थ्यकर्मी ८१ जना सुराकर्मी २९ गते ५५ जना स्वास्थ्यक्मी ४७ जना सुरक्षाकर्मी ३० गते५३ जना स्वास्थ्यकर्मी १६० जना सुरक्षाकर्मी र ३१ गते ५९ जना स्वास्थ्यकर्मी ७८ जना सुराकर्मी गरेर एक हप्तामा ३१३ स्वास्थ्यकर्मी र ६९६ सुरक्षाकर्मी  रहेका छन्।

 मन्त्रालयका सह-प्रवक्ता डा अधिकारीका अनुसार हालसम्म देशभर संक्रमित देखिएको मा उपत्यकामा देखिएका संक्रमितमा धेरै फन्टलाइनमा खटिने व्यक्तिहरु रहेको बताए। उनले भने, ‘पछिल्लो समय उपत्यकामा देखिने संक्रमितमा फन्टलाइनमा खटिने नै धेरै छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.