|

भोजपुर : ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि ढुङ्गा प्रहार गर्ने एक युवक पक्राउ परेका छन्। भोजपुरको पौवादुङमा–५ स्थित अँधेरीघाटमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार कट्वाललाई ढुङ्गा प्रहार गरेको आरोपमा सोही गाउँपालिका–५ लुगुवा बस्ने २६ वर्षीय संगीन राईलाई प्रहरीले पक्राउ गरेको हो।

घाइते प्रहरी हवल्दारको विराट मेडिकल कलेज विराटनगर मोरङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। ढुंगा प्रहारबाट घाइते हवल्दारको टाउकोमा ६ टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। 

मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिई आउँदै गरेका राईले रातको समयमा नाकाबाट प्रवेश गर्ने विषयलाई लिएर प्रहरी हवल्दारलाई ढुंगा प्रहार गरेको प्रहरी भनाइ छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.