|

रूसले कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उपचारमा कोरोनाविर नामक एक औषधि प्रयोग गर्न अनुमति दिएको छ। एन्टी भाइरल यो औषधि रूसी कम्पनी आर फर्मले बनाएको हो। 

आगामी सातासम्म यो औषधि रूसका पसलहरुमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। यो औषधिलाई चिकित्सक सल्लाहअनुसार मात्रै प्रयोग गर्नुपर्नेछ। 

यसअघि मे महिनामा पनि रूसले एविफाविर नामक औषधिलाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिएको थियो। 

रूसले बनाएको यो औषधि जापानमा बनाइएको फेविपिरविरको सुत्रमा आधारित रहेको बताइएको छ। जापानले फेविपिरविरलाई फ्लु र अन्य भाइरल संक्रमितको उपचारमा प्रयोग गर्दै आएको छ। 

आर फार्मका अनुसार १६८ जना संक्रमितलाई तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न रूस सरकारले अनुमति दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.