|

  काठमाडौं : हरेक तीन वर्षमा महिना दिनसम्म लाग्ने मत्स्यनारायण मेला  सुरू भएको छ। यो मेला असोज ३० गते सकिनेछ। अघिल्ला वर्षहरूमा भिडभाड र चहलपहल हुने यस मेलामा कोभिडका कारण सुनसान छ।

अँचा पुखु (पोखरी), भक्तपुरस्थित मत्स्यनारायण मन्दिरमा पहिले जस्तो चहलपहल देखिँदैन।​मत्स्यनारायणको मन्दिरमा भक्तजनहरू त आए तर टाढाबाट नै पूजा गरेर फर्किए। भक्तपुर महानगरपालिकाले यो मेला पर्व नमनाउन र मेला नमनाउन माईकिङ गरेको थियो।

अँचा पुखु भक्तपुर, यातु महादेव भक्तपुर, भक्तपुर मत्स्य नारायण मन्दिर, छालिङ्ग चाँगुनारायण भक्तपुर, बालाजु बाइस धारा काठमाण्डौ, बूढानीलकण्ठ काठमाण्डौ,मत्स्य गाउँ, किर्तिपुर लगाएतका स्थानमा यो मेला लाग्ने गर्दथ्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.