|

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुँईमा शुक्रबार सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गरिएको छ। पचुँईमा सशस्त्र प्रहरीको १४औं बिओपी स्थापना गरिएको हो।

शुक्रबार बिओपी उद्घाटन गर्दै सशस्त्र प्रहरीको  अत्तरियास्थित  नं ७  वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरिशंकर बुढाथोकीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्नुपर्ने बताए। उनले राष्ट्रभक्तिलाई शिरोधार्य गर्दै  शान्ति शुरक्षाको अनुभूति हुने गरी २४सै घण्टा कार्य गर्नुपर्ने बताए।

बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक सुदीप कार्कीको कमाण्डमा ३५ जनाको टोलीलाई खटाइएको छ। कञ्चनपुरको भारतसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १४ वटा बिओपी रहेका छन्।

 सीमा क्षेत्रमा अझै नौवटा बिओपी राख्नका लागि प्रक्रिया अगाडि बढाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी झलारी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले गणको जिम्मेवारी इलाकाअन्‍तर्गत पर्ने भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीदेखि पुनर्वास नगरपालिका-११ टाउकेबजारसम्म जम्मा १३० किलोमिटरको दूरीमा थप बिओपीहरू स्थापना गर्ने क्रममा बेलौरी नगरपालिका-८ पचुँईमा बिओपी स्विकृत भई आएको बताए। 

उक्त इलाकामा नेपाली भूमिमा र खुला सीमानाको कारण अवैध चोरी तस्करी, वन पैदावारको तस्करी, चेलीबेटी बेचविखन, लागुऔषध ओसारपसार  हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण सीमा अपराध तथा सीमा विवाद जस्ता गहन समस्याहरू देखिएका कारण बिओपी स्थापना गरिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.