महामारी नियन्त्रणमा सरकारका काम उत्साहजनक भएको दाबी

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न चुनौतिपूर्ण रहे पनि भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन्।

संविधान दिवस (राष्ट्रिय दिवस) का अवशरमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै यस्तो बताएका हुन्। भ्रष्टाचारविरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी छ।

उनले भने, ‘अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतीपूर्ण रहेको छ।‘ मैले पटकपटक भन्दै आएको छु ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीविरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ।’ 

भ्रष्टाचार बिरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक वर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको छ। राजस्‍व अनुसन्धान विभागले १ हजार २७ जनाविरुद्ध ३१ अर्ब ५ करोडभन्दा बढीको विगो दाबीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको छ।’

कोरोनाका कारण कतिपय वाचा पूरा भएनन्

प्रधानमन्त्री ओलीले विकास र उन्नतिको बाटोमा एकतावद्ध भएर अगाडि बढ्न संकीर्णता र पूर्वाग्रह त्याग्न जरुरी रहेको बताए। ओलीले कोरोनाका कारण कतिपय बाचा गरिएका कामहरु सम्पन्न हुन नसकेको बताए। कोरोना नभएको भए ‘भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची आयोजना, रानीपोखरीको पुनर्निर्माण, धरहरा निर्माण र निजी आवास पुनर्निर्माणको काम सम्पन्न भइसक्ने अवस्थामा पुग्ने’ थिए ओलीले भने।

प्रधानमन्त्री ओलीले कोरोना संकटका बेला पनि मूल्य वृद्धि नियन्त्रणमा नै रहेको बताए। बन्दाबन्दी र निषेध आदेशको अवस्थामा पनि जनताका दैनिक आवश्यकताका वस्तुहरुको आपूर्ति निरन्तर भइरहेको उल्लेख गर्दै उहाँले इन्धन, खाद्यवस्तु, तरकारी, फलफूल, औषधी लगायतका अत्यावश्यक उपभोगका वस्तुहरुको आपूर्तिमा कमी नदिइएको बताए।

भिडियो :

वैदेशिक व्यापार घाटा सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बैकिङ क्षेत्रमा रहेको पर्याप्त तरलताको कारण ब्याजदर कम हुँदै अर्थतन्त्र चलायमान रहन सहज भएको बताए।

लकडाउनमा पनि विकास निर्माणलाई निरन्तरता

प्रधानमन्त्री ओलीले लकडाउनको अवधिमा पनि विकास निर्माणलाई निरन्तरता दिइएको बताए। लकडाउन अवधिमा १७८ किमी सडक कालोपत्रे भएको, ८९ मोटरेवल पुल निर्माण भएको र भूकम्पबाट भत्किएका ५३ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भएको उनले बताए।

कोरोना महामारीलाई अवसरमा रुपमा लिँदै सरकारले उल्लेखनीय काम गरेको उनले बताए। उनले भने, ‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन्।‘

कोभिड–१९ को पहिलो केस पहिचान हुँदा पिसिआर परीक्षण गर्न विदेश पठाउनु परेको पनि उनले बताए। हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पिसिआरपरीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहनु र दैनिक २३ हजार ५०० भन्दा माथिको क्षमतामा रहनु ठूलो उपलव्धि भएको उनको दाबी छ।

उनले अहिलेको अवस्थामा १ हजार ५५१ बाट आइसियु बेडको क्षमता २ हजार ६०० पुर्‍याइएको  र ७७० भेन्टिलेटरबाट अहिले ९०० पुर्‍याइएको  बताए। कोरोना नियन्त्रण र रोकथामका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत एकसय जना पोष्ट ग्रेजुयट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको पनि उनले बताए। त्यस्तै, ओलीले २५ हब अस्पताल र २० शिक्षण अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टिमहरू तयारी अवस्थामा राखिएको पनि सुनाए।

छैटौँ संविधान दिवसको अवसरमा प्रधानमन्त्रीको सम्बोधन जस्ताको त्यस्तै :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.