|

काठमाडौं : सरकारले खेलकुद क्षेत्रका १९ जनालाई विभिन्‍न विभुषणबाट सम्मान गरेको छ। संविधान दिवसको अवसरमा खेलकुद क्षेत्रका १९ जनालाई विभिन्‍न पदक र विभूषण प्रदान गरिने निर्णय राष्ट्रपतिको कार्यालयले गरेको हो।

मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालसहित १९ जनालाई पदक तथा विभूषणबाट दिने निर्णय लिएकी हुन्। 

सदस्य सचिव रमेशकुमार सिलवाललाई सुप्रबल जनसेवा श्री (तृतीय), तेक्‍वान्दोकी कीर्तिमानी खेलाडी एवम् प्रशिक्षक संगिना वैद्य र प्रशिक्षक तुलसी कुमार गुरुङलाई प्रबल जनसेवा श्री (चतुर्थ) बाट सम्मानित गर्न लागिएको हो। त्यस्तै राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापालाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ)बाट विभूषित गरिने निर्णय भएको छ।

त्यसैगरी नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित विभागीय टिमबाट अन्तराष्ट्रिय पदक विजेता १५ जनालाई पनि विभिन्‍न पदकबाट विभूषित गर्ने लिएको छ। 

पुलिस क्लबका ७ जना खेलाडी सरकारबाट विभूषित हुँदैछन्। पुलिसबाट भारत्तोलनका विकास थापा, तेक्‍वान्दोका कमल श्रेष्ठ र वीरबहादर महरा विभुषित हुने भएका छन्। त्यसैगरी बक्सिङका भुपेन्द्र थापा, कराँतेका सुनिता महर्जन, सरु कार्की र महसुस मोक्त्तान नेपाल प्रताप भूषणबाट विभूषित हुँदैछन्। 

आर्मीका क्लबबाट ट्रायथलनका हिमाल टमाटा परम पौरख भास्करबाट विभूषित हुने भएका छन्। आर्मीकै तेक्‍वान्दोका सञ्‍जीव ओझा, मिनु गूरुङ, संगीता मगर तथा बक्सिङका मिनु गुरुङ र कराँतेका प्रविन मानन्धर सुकीर्तिमय पदकबाट विभूषित हुने भएका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार सशस्त्र प्रहरी बल (एपीएफ) बाट एथलेटिक्सका किरणसिंह बोगटी र जुडोकी देविका खड्का सुकीर्तिमय पदकबाट विभूषित हुँदैछ।

विभागीय टिमबाट १३ औं सागमा पदक जितेका खेलाडीलाई मान पदवी दिइएको छैन। विभूषित गर्ने सूचीमा राखेर पनि उनीहरुलाई सम्मान नगरिएको हो। सरकारले यस वर्ष ५ सय ९४ जनलाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.