मन्त्रीकै नेतृत्वमा संविधानविरुद्ध प्रदर्शन

|

जनकपुरधाम : सप्तरीमा पनि जसपाका नेता तथा कार्यकर्ताले संविधानको विरोधमा प्रदर्शन गरे। तर कोणसभामा अध्यक्षता कसले गर्ने विषयमा तत्कालिन राजपा र समाजवादी पार्टीका नेताबीच विवाद चर्कियो। जसका कारण कोणसभा नै भएन।

यस्तै जसपाका नेता कार्यकर्ता एकातिर संविधानको विरोध गर्दा नेकपाका कार्यकर्ताले दीप प्रज्वलन गरी संविधान दिवस मनाएका छन्। जसपाले संविधानको विरोध र नेकपाले संविधान दिवसको अवसरमा दीपावली गर्दा अवस्था तनावग्रस्त बनेको थियो।

तत्कालीन समाजवादी पार्टीका नेता चि‍त्तरन्जन यादवले कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रमको अध्यक्षको हैसियतमा थिए राजपाका जिल्ला अध्यक्ष हरेराम यादव। 
त्यसक्रममा पार्टी केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादव प्रमुख अतिथि भएका थिए। त्यहाँ प्रदेश सांसद अभिषेक यादव र नेत्रविक्रम साहका साथै तात्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव मञ्‍चमा अतिथिका रुपमा आसन ग्रहण गर्न पुगेका थिए। 

आसन ग्रहण सकिएर मन्तव्य सुरु नहुँदै कार्यक्रमस्थलमा तनाव भएको हो। विद्यार्थी नेतासमेत रहेका शम्भु यादवले पहिलो वक्ता भएर बोल्न थाल्नेबित्तिकै मञ्‍चभन्दा तल रहेका नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए। त्यसपछि त्यहाँ दुई पक्षबीच कुटाकुटको अवस्था भएको हो। 

आफ्नो पक्षका नेतालाई बेवास्ता गरेको भन्दै कार्यक्रम सञ्चालक यादवमाथि मञ्‍चमै आक्रमण प्रयास भयो। उनलाई मञ्‍चबाटै तानेर झारिएको थियो। उनीहरुले मञ्चमा रहेका भन्दा जिम्मेवार नेताहरु, जनप्रतिनिधिलाई पनि बेवास्ता गरिएको भन्दै विरोध गरेपछि झडप भएको हो। 

संविधानको विरोधमा प्रदर्शन

जनता समाजवादी पार्टीको आह्वानमा आज तराई-मधेसभर नयाँ संविधानको विरोधमा प्रदर्शन गरिएको छ। साथै साँझमा अधिकांश जिल्लामा १५ देखि आधा घण्टासम्म ब्ल्याक आउट समेत गरेको हो।

सरकारले संविधान दिवस मनाउन आह्वान गरेको थियो। तर वर्तमान संविधान मधेस विरोधी भएको भन्दै मधेसमा विरोध प्रदर्शन तथा ब्ल्याक आउट गरियो। जनकपुरमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलकै नेतृत्वमा संविधानविरुद्ध प्रदर्शन भयो।

प्रदर्शनमा जनता समाजवादी पार्टीका संघीय सांसद उमाशंकर अरगरिया, प्रदेश सांसदद्वय रामआशीष यादव, परमेश्‍वर साह लगायतका सयौं नेता कार्यकर्ताको सहभागिता थियो। जुलुस पश्चात गरेको कोणसभामा मन्त्री सोनलले संविधान संशोधन नगरिए २०४७ सालकै संविधानको जस्तो हालत हुने चेतावनी दिए।

उनले संविधानमा कैयौं मधेसी नेतालाई बन्धक बनाएर र दुई तिहाईको दम्भ देखाएर तत्कालीन प्रमुख तीन दलले जबर्जस्ती संविधान जारी गरेको बताए। उनले भने, ‘संविधान संशोधन गर्नुपर्छ। होइन भने असोज ३ लाई कालो दिनको रुपमा मनाइरहन्छौ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.