मन्दिरमा अनसनरत केसी बिरामी पर्दै

|

जुम्ला : चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा ६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको  समर्थन जुम्लामा दीप प्रज्ज्वलन गरिएको छ। खलंगाको कृष्ण मन्दिर नजिकै जुम्लाका युवा, नागरिक समाजका सदस्य र डा. केसीका समर्थकले स्वास्थ्यलाभको कामना गर्दै  दीप प्रज्ज्वलन गरेका हुन्।

सडकमा ‘हामी गोविन्द केसीको समर्थक’ लेखेर दीप प्रज्ज्वलन गरिएको हो। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले डा. केसीलाई तत्काल अस्पताल लैजान माग गरेका छन्। 

'डा. केसीको स्वास्थ्य अवस्था  चिन्ताजनक छ। दिनानुदिन स्वास्थ्य बिग्रँदै गइरहेको छ। सरकार संवेदनशील बनिरहेको छैन', उनले भने, 'यो जस्तो सरकारी गैरजिम्मेवारी अरु के हुन सक्छ?'

डा. केसीको स्वास्थ्य सुधारका लागि दीप प्रज्ज्वलन गरेर दबाब सिर्जना गरिएको नागरिक समाज जुम्लाले जनाएको छ। जिल्लास्थित युवा र सर्वसाधारण सबैले डा. केसीको सत्याग्रहमा समर्थन जनाएका छन्। 

डा. केसीका सहयोगी महेन्द्रबहादुर कार्कीका अनुसार सत्याग्रहस्थलमा पनि समर्थकको भिड लाग्‍ने गरेको छ। केसी खलंगास्थित एक मन्दिर परिसरमा अनसनरत छन् युवा नेता तथा समाजसेवी लक्ष्मण शाहीले डा. केसीले गरेको सर्वसाधारणको सेवा अनुकरणीय रहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.