|

बाँके : कोरोना संक्रमणबाट बाँकेमा शनिबा राति एक पुरुषको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १० पुगेको छ।

नेपालगन्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ बर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भदौ २० मा भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनमा भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि उनलाई हाइड्रोअक्सिजन, सिपीएपी, प्लाज्मा थेरापी विधिबाट उपचार गर्दासमेत बचाउन नसकिएको भेरी अस्पतालका कोरोना अस्पताल ब्यवस्थापन इन्चार्ज डा. श्यामसुन्दर यादवले जानकारी दिए। उनको दुवै फोक्सोमा निमोनिया भई एआरडिएस भएको डा. यादवले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.