देउवाले आफू बलियो हुने दाउ मात्रै हेरेको आरोप

|
फाइल फाेटाे

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ औंकै प्रतिनिधि कायम गरेर  १४ औँ महाधिवेशन गर्न सकिने प्रस्ताव अघि सारेका छन्।  

सुदूरपश्‍चिम कांग्रेसका नेता कार्यकर्तासँगको भर्चुअल कार्यक्रममा भाग लिँदै वरिष्ठ नेता पौडेलले फागुन ७ मै महाधिवेशन गर्नका लागि विकल्प अघि सारेका हुन्।

कांग्रेसको १४ औँ महाधिवेशन फागुन ७ गतेलाई तोकिएको छ। उनले फागुनमा महाधिवेशन नभए पार्टीमा सभापति शेरबहादुर देउवाको अराजकता बढ्ने पनि बताए।

‘फागुनमा महाधिवेशन गर्न १३ औँ महाधिवेशनकै प्रतिनिधिहरूलाई कायम राखौँ,’ पौडेलले भने, ‘यदि फागुनमा महाधिवेशन भएन भने पार्टीमा अराजकता बढ्छ। कसले कसलाई मान्‍ने को सभापति, को के, त्यसैले पार्टीको विधान र विधि बचाउन १३ औँ महाधिवेशनका प्रतिनिधि कायम राखौँ।’

पौडेलले सभापति देउवा महाधिवेशन समयमै नगराउने मनसायमा रहेको भन्दै विभाग गठन, क्रियाशील सदस्यता, नवीकरण गर्दा आफू बलियो हुने भन्‍ने दाउ मात्रै हेरेको बताए। 

‘सभापतिज्यू फागुनमा कुनै हालतमा पनि महाधिवेशन गर्ने मनसायमा हुनुहुन्‍न। त्यसैले त अहिले विभाग गठन, क्रियाशील सदस्यता वितरण र नवीकरणमा बखेडा झिकिरहनु भएको छ,’ उनले भने, 'उहाँ अहिले महाधिवेशन नगर्ने र आफू कसरी शक्तिशाली हुने दाउमा मात्रै हुनुहुन्छ।’

पौडेलले अहिले मनोनीत भएकाहरु फागुनपछि कुन भूमिकामा रहने भन्‍ने प्रश्‍न पनि गरेका छन्। उनले भने, ‘पार्टी नेतृत्व नै फागुन ७ पछाडि काम चलाउ हुन्छ। अहिले विभागमा मनोनीत भएका साथीहरुको इज्जत के हुन्छ? यो कुन इज्जत हो? कुन सम्मान पाउनु हुन्छ उहाँहरुले?’ विभागका सदस्यहरुले काम गर्ने समय नहुँदा नहुँदै देउवाले आफू शक्तिशाली बन्‍न विभाग गठन गरेको उनको आरोप छ। 

‘सभापतिज्यू फागुनमा कुनै हालतमा पनि महाधिवेशन गर्ने मनसायमा हुनुहुन्‍न। त्यसैले त अहिले विभाग गठन, क्रियाशील सदस्यता वितरण र नवीकरणमा बखेडा झिकिरहनु भएको छ,’ उनले भने, 'उहाँ अहिले महाधिवेशन नगर्ने र आफू कसरी शक्तिशाली हुने दाउमा मात्रै हुनुहुन्छ।’

उनले पार्टीको भविष्य देउवाले अलमल पार्ने निश्चित भएपछि महासमितिको बैठकमै महाधिवेशनको कार्यतालिका ल्याउन प्रस्ताव गरेको दाबी गरे। ‘मेरो कुरालाई सभापतिज्यूले गम्भीर लिनुभएन। केन्द्रीय समितिमा नेताहरुले ध्यान दिएनन्’ उनले भने, ‘हाम्रै साथीहरुले पनि रामचन्द्र दाइ बुढो भएर जान्छ हाम्रो पालो आउँछ भन्‍ने खालको व्यवहार देखाए।’  

पौडेलले सभापति देउवाकै कारण संसदमा प्रमुख प्रतिपक्षी दल कमजोर भएको बताउँदै त्यसले सरकार अराजकतातर्फ उन्मुख भएको जिकिर गरे।

आन्तरिक साङ्गठानिक संरचना समायोजन, क्रियाशिल सदस्यता वितरण र नवीकरणका लागि तोकिएको म्याद गुज्रिसकेकाले कांग्रेसको महाधिवेशन फागुनमा नहुने पक्कापक्की छ। अझै ११ जिल्लामा सांगठनिक संरचना समायोजन हुन सकेको छैन।  संरचना समायोजन भएका जिल्लाहरुमा सदस्यता वितरण र नवीकरण प्रभावित भएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.