सबैभन्दा धेरै काठमाडौंमा ६०२ जना

|

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ।  गत २४ घण्टामा मात्र १ हजार ३ सय २५ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार बितेको २४ घन्टामा प्रदेश १ को उदयपुरमा १, झापामा ३, तेह्रथुममा १, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ६३ र सुनसरीमा ७ जनामा कोरोना भेटिएका छन् 

प्रदेश २ को धुनषामा २, पर्सामा १४, बारामा १, रौतहटमा २६, सप्तरीमा ५, सर्लाहीमा १० र सिरहामा १८ जनामा कोरोना पाइएको छ। 

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय २ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा १५, दोलखामा ४, धादिङमा २१, नुवाकोटमा १, भक्तपुरमा १ सय १, मकवानपुरमा २४, ललितपुरमा ६४, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा २,  तनहुँमा १, लमजुङमा १८, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ। 

प्रदेश ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १२, गुल्मीमा ६, दाङमा ३, नलवपरासीमा १२, पाल्पामा १२, प्युठानमा ११, बर्दियामा ६, बाँकेमा ३२, रुपन्देहीमा १ सय १३ र रोल्पामा १ जनामा कोरोना पाइएको छ। 

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १ र सुर्खेतमा २९, सुदूरपश्चिमको अछाममा १०, कैलालीमा १२ र बझाङमा १९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। हाल देशभर कुल संक्रमितमध्ये १७ हजार ४ सय ७८ जना सक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.