आइतवारसम्म तीन करोड लिटर पानी हालियो

|

काठमाडौ: गोरखा भूकम्पपछि बेवारिस जस्तै बनेको रानीपोखरीले अन्तत: पुनर्जीवन पाएको छ। २०७२ को भूकम्पपछि पानी रित्तिएर उजाड बनेको रानीपोखरीले शनिबारदेखि आफ्नो सुन्दरता फर्काएको छ।

सरकारले लामो प्रयासपछि रानीपोखरीलाई पुनर्जीवन दिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीलाई पुरानै स्वरुपमा फर्काउन सफल भएको उजाड् रानीपोखरी अहिले पानी भरिएपछि रमितलाग्दो देखिएको छ। रानीपोखरीमा पानी भरिएपछि सहरको एउटा सुन्दरता पनि फर्किएको छ।

पोखरीको वरपरका पर्खालहरू परम्परागत शैलीमै बनेका छन्। आइतबारसम्म ३ करोड लिटर पानी भरिएको छ। पोखरीको बीचमा रहेको बाल गोपालेश्वर मन्दिर पनि पुनर्निर्माण हुन लागेको छ। जसमा गजुर राखेर फिनिसिङ गरेपछि आगामी तिहारमा खुलाउने तयारी सरकारले गरेको छ।

फोटोहरु : शिला तिमल्सिना र राष्ट्रिय समाचार समिति

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.