|

धादिङ : गल्छी गाउँपालिकाको बैरेनी बजारमा रहेको नेपाली सेनाको श्री नम्बर ६ बाहिनी अड्डाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसअघि बाहनी अड्डाका २७ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको थियो। बाहिनी अड्डाका १७ जनाको पिसिआर परीक्षण गराउँदा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

आइतबार जिल्लाका विभिन्न स्थानका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये नेपाली सेनाका १५ जना रहेका छन्। आइतबार पुष्टि भएकाहरूमा गल्छी गाउँपालिकाका १५ जना, ज्वालामुखीका चार जना, नीलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, गंगाजमुना गाउँपालिका, गजुरी गाउँपालिका, सिद्धलेक गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, दुई/दुई जना र धादिङ घर भई अन्य ठेगाना नखुलेका तीन जना गरी ३४ जना छन्।

संक्रमण पुष्टि भएकामध्ये गल्छी गाउँपालिकाका वडा नं ६ का ४४, ३४, २६, २५, २५, २६, २७, २६, २६, २६, २६, ३०, २७ वर्षीय पुरुष र उमेर नखुलेका दुई जना पुरुष, ज्वालामुखी गाउँपालिका वडा नं २ की ३१ वर्षीय महिला र ८० वर्षीय पुरुष, वडा नं ४ की २३ वर्षीया महिला, वडा नं ५ का २२ वर्षका पुरुष छन्। 

यसैगरी नीलकण्ठ नगरपालिका वडा नं २ की २८ वर्षीया महिला, वडा नं १३ का ७२ वर्षका पुरुष, धुनीबेशी नगरपालिका वडा नं ४ का ३३ वर्षका पुरुष, वडा नं ५ की २० वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

यस्तै गंगाजमुना गाउँपालिका वडा नं ६ का २८, ३१ वर्षीय पुरुष, गजुरी गाउँपालिका वडा नं १ का ३१, ३५ वर्षीय पुरुष, सिद्धलेक गाउँपालिका वडा नं १ का ३६ वर्षीय पुरुष र २४ वर्षीय महिला, नेत्रावती डवजोङ वडा नं २ का २० वर्षीय महिला र वडा नं ३ का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

धादिङ घर भई अन्य ठेगाना नखुलेका २८ वर्षीय महिला,५८ वर्षीय पुरुष, २५ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ। यो सँगै धादिङमा जम्मा संक्रमितको संख्या ३ सय ८० पुगेको छ। कोरोनाका कारण धादिङमा तीन जनाको मृत्यु भईसकेको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.