|

डडेल्धुरा : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल)को आफ्नो पहिलो म्याचमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो। दिल्लीका लागि मार्कस स्टोइनिसले राम्रो ब्याटिङ गरे। उनले २१ बलमा २ छक्का र ७ चौकासहित ५३ रन बनाए।

त्यस्तै, कप्तान श्रेयस अय्यरले ३९, ऋषभ पन्तले ३१, शिमरन हेटमायरले ७, रविचन्द्रन आश्विनले ४, अक्षर पटेलले ६, पृथ्वी शा ५, शिखर धवन शून्य रनमा आउट भए।

बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले ३, रबि बिश्नोई र सेल्डन कोट्रेलले एकएक विकेट लिए। दिल्लीबाट आइपिएल खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पहिलो म्याचमा प्लेइङ११ मा मौका पाउन असफल भएका छन्।

दिल्लीले पञ्जाबविरुद्ध विदेशी खेलाडीको रूपमा मार्कस स्टोइनिस, शिमरोन हेटमायर, एनरिच नोर्तजे र कागिसो रबाडालाई मौका दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.