जसले बिनाअक्सिजन नै चढेका थिए दर्जनौँ हिमा

|

सोलुखुम्बु : बिनाअक्सिजन १० औ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको ७२ बर्षको उमेरमा निधन  भएको छ। 

सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए। सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पा हिम चितुवाको उपनामबाट समेत परिचित छन्। 

उनको पार्थिव शरीरलाई अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ। बुधबार बौद्ध धर्मअनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ। उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए भने सन् १९९६ मा बिना अक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थिए। 

 सगरमाथा मात्रै नभइ बिनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटू र नेपालका चोयु, मनास्लु, लोत्से, अन्‍नपूर्ण, धौलागिरि लगायतका दर्जनौं हिमालको पटक पटक आरोहण गरेका थिए।

आङरिताको आरोहण यात्रा ...

सन् १९४८ मा सोलुकै थामेमा जन्मेका आङरिताको पुर्ख्यौली पेशा चौरी पालन भएपनि उनी भने १५ वर्षकै उमेरबाट आरोहणमा लागेका थिए।  पहिलो पटक करिब २० वर्षको उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले बिना अक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरोमा पाइला टेकेका थिए।

आरोहणको क्रममै रहेका आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो। सगरमाथा आरोहणमा नजानुको मुख्य कारण उनी बिरामी भएको बेला तत्कालीन राजा वीरेन्द्रले छोरा दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए। गोपीकृष्णस्थित भाडाको कोठामा बसेका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्यास लिन हुकुम भएको छ।’ भने पछि उनी आरोहणमा नगएको परिवारको भनाइ छ। 

त्यसबेला वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधेको भएपनि आफुले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारको भेटमा भन्ने गरेका थिए। 

सन् १९९६ तीर दीपेन्द्रले दरबार आउनू भनेको भएपनि दरबार नगएको  बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता  तक्माबाट भने सम्मानित भएका थिए।​

उनको आर्थिक अवस्था दयनीय भएको भन्दै पर्वतारोहण संघले नियमित सहयोग गर्दै आएको छ। छोरीका अनुसार पर्वतारोहण संघले मासिक १५ हजार दिँदै आएको छ।

आङरिताका तीन छोरा र एक छोरी छन्। जेठा छोरा कर्साङ हिमाल आरोहण पेशामै थिए। छेवाङ दोर्जे भने अमेरिकामा छन्।  कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी पालन गर्छन्। छोरी डोमा जोरपाटीमा छिन् आङरिता उनै छोरीसँग बस्दै आएका थिए। उनकी श्रीमतीको सात वर्ष बर्ष अघि निधन भएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.