|

काठमाडौं :  कोरोनाले कैदीबन्दीलाई पारेको प्रभावको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन सुरु गरेको छ।

कोभिड-१९ को महामारीको अवस्थामा कैदीबन्दीको स्वास्थ्यको स्वास्थ्यको अधिकार सम्बन्धमा आयोगले आजदेखि अनुगमन सुरु गरेको आयोगका प्रवक्ता वेद भट्टराइले विज्ञप्ती जारी गरी जनाएका छन्।  

‘आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोली २०७७  असोज ५ गतेदेखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न जिल्लाको कारागार अनुगमनका लागि खटिएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘उक्त टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृतहरुको सहभागिता रहनेछ।’ 

आयोगले कारागारमा रहेका कैदी बन्दीहरुको आधारभूत अधिकारसहितका बाँच्न पाउने अधिकार र स्वास्थ्य सम्बन्धी अधिकारप्रति संवेदनशील हुन नेपाल सरकारको ध्यानाकर्षण पनि गराएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.