|

काठमाडौं : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। झापाको ७२ र सुनसरीकी ४९ वर्षीया दुवैको उपचार क्रममा मृत्यु भएको हो।

झापा मेचीनगर ८ का कन्काई अस्पतालबाट रिफर भएकी महिलामा श्वासप्रश्वासमा कठिन, छाती दुख्ने, शरीर कमजोर र निमोनियाको लक्षण देखिएको थियो। दीर्घ रोग केही नभएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए। मृतकमा ४ गते कोरोना पुष्टि भएको र सोही दिन कोभिड अस्पतालमा भर्ना भई राति सवा ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

त्यसैगरी, सुनसरी इनरुवा ४ की प्रतिष्ठानमा उपचाररत महिलाको ५ गते बिहान मृत्यु भएको हो। संक्रमितमा उच्च रक्त चाप, मधुमेह, र मिर्गाैलाको समस्या भई उपचाररत थिइन्। उनमा १ गते कोरोना पुष्टि भएर मेडिसिन वार्डबाट कोभिड अस्पतालमा सारिएको थियो।

योसँगै प्रतिष्ठानमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ।                        

 

 

 

    

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.