व्यवसायीको पीडा ः गाडीको दैनिक खर्च धान्न पनि गाह्रो भयो

|

विराटनगर : सरकारले यात्रुवाहक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै प्रदेश १ का सडकमा गएको बिहीबारदेखि सार्वजनिक यातायातका साधन गुडेका छन्।

प्रदेश राजधानी विराटनगरस्थित बसपार्कबाट दैनिक लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छन्। तर सार्वजनिक यातायातका साधन चले पनि यात्री भने न्यून छन्। गाडीहरू गन्तव्यसम्म खाली–खाली पु¥याउनुपर्ने बाध्यता छ।

पाँच महिनापछि सञ्चालनमा आएका सार्वजनिक सवारी साधनमा यात्रु नहुँदा गाडीको दैनिक खर्चसमेत धान्न उनीहरूलाई धौधौ परेको छ। सुनौलो पूर्वी यातायात व्यवसायी संघ विराटनगरका शाखा इन्चार्ज किशोर धमलाले विराटनगरबाट चार दिनमा १ सय ९१ वटा सवारी साधन विराटनगर बसपार्कबाट छुटेको जानकारी दिए। 

सवारी साधन खुले पनि यात्रुहरूको चहलपहल भने खासै नहुँदा गाडी खोलेर उत्साहित बनेका व्यवसायी यतिखेर निरास बनेका छन। ‘कोरोना कहरका कारण मानिसको चहल–पहलमा निकै कमी आएको छ,’ धमलाले भने, ‘लामो बसाइँपछि गाडी सडकमा गुडेका छन्, तर ४ देखि ५ जना यात्रु बोकेर गाडी गन्तव्यमा पुगिरहेका छन्। यस्तो अवस्थाले यातायात व्यावसायी थप मारमा परेका उनले बताए।

सार्वजनिक यातायातका साधन चलाउनुपर्ने एक तर्फको बाध्यता यातायात व्यवसायीमा रहेको पनि उनले सुनाए। व्यवसायीले विराटनगर बसपार्कबाट निकै थोरै यात्रु राखेर भए पनि  सवारी गुडाउँदै आएका छन्। 

विराटनगरबाट सोमबार मध्याह्नसम्म ५४ वटा सार्वजनिक सवारीसाधन प्रदेश राजधानी विराटनगरबाट छुटेका छन्। विराटनगर बसपार्कबाट आइतबार सबैभन्दा बढी ९२ वटा यात्रुवाहक सवारीसाधन छुटेका थिए। जसमा १२ वटा लामो दूरीका छन्।

सोमबार मध्यान्हसम्म विराटनगरबाट ५२ वटा यात्रुवाहक बस छुटेका छन। ती बसमा पनि सिट संख्याभन्दा निकै कम यात्री थिए। विराटनगर यातायात कम्पनीका अध्यक्ष वमचन्द चौलागाईले जसरी भए पनि अहिले सार्वजनिक सवारीसाधन चलाउनुपर्ने बाध्यतामा व्यवसायी रहेको बताए। 

‘यातायात व्यवसायीले सडकमा गाडीहरू गुडेका छन’, चौलागाईंले भने, ‘विराटनगरबाट छुटेको बस काँकडभिट्टासम्म पुग्दा पाँच जना यात्रुमा चित्त बुझाउनुपर्ने अबस्था छ।’

मुख्य सहरका स्टेसनहरूमा ओराल्ने र चढाउने यात्रु पाउन पनि अहिले कठिन हुने उनको भनाइ छ। चौलागाईंका अनुसार पहिलो दिन बिहीबार विराटनगर बसपार्कबाट ४ वटा मात्र सवारीसाधन मात्र छुटेको थिए।

कारोना त्रासका सडकमा सवारी चाप पनि छैन। विराटनगरबाट छुट्ने यात्रुवाहक सवारी साधनले स्यानिटाइजर, मास्कलगायत सुरक्षा सावधानी अपनाएर सञ्चालन भएका छन्। व्यवसायीहरूले स्यानिटाइज गर्ने ट्यांकी, पन्जा, फेससिल्ड, पिपिई र गमबुट खरिद गरेर मजदुरलाई दिएका छन्। विराटनगरमा स्यानिटाइज गरिएका गाडी गन्तव्यमा पुगेपछि पुनः स्यानिटाइज गरेर मात्रै फर्कने गरेका छन्। 

लामो दूरीका यात्रुले आफैं मास्क र स्यानिटाइजर बोकेर जानुपर्ने हुन्छ। एउटा सिटमा एक जनालाई मात्र बस्ने अनुमति दिइएको छ। व्यवसायीले चालक र सहयोगीलाई मास्क र पन्जा तथा टिकट परीक्षण गर्ने, पैसा उठाउने र यात्रुहरूको सुविधासम्बन्धी ख्याल गर्ने व्यक्ति (कन्डक्टर) लाई मास्क, पन्जा र फेससिल्ड अनिवार्य गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.