|

दाङ :  लकडाउनका कारण बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ। तर दाङमा सोमबार भने प्लेन अवतरण भएन। हवाई यात्रु नभएपछि सञ्चालनमा नआएको नेपाल वायुसेवा निगम दाङ स्टेसनका म्यानेजर निमकान्त लम्सालले जानकारी दिए।

झण्डै ६ महिनापछि आन्तरिक उडान सेवा सञ्चालनका लागि हप्तामा ३ दिन हवाई सेवा सञ्चालनको अनुमति प्राप्त भएको छ।

लम्सालका अनुसार हप्ताको सोमबार, बुधबार र शुक्रबार हवाई सेवा सञ्चालन हुने छन्। त्यसपछि यात्रुको चापलाई मध्यनजर गर्दै पूर्ववत् रुपमा दैनिक हवाई सेवा सञ्चालन हुन सक्ने उनले बताए।

तर सञ्चालनको अनुमति प्राप्त भएको पहिलो दिन नै यात्रु नै नभएपछि हवाई जहाज टरीगाँउ एरपोर्टमा अवतरण हुन सकेन निगमले जनाएको छ। टिकट खरिदका लागि सोमबार दिउँसो १ बजेदेखि सुचारु भएकाले आगामी बुधबार हवाई सेवामार्फत दाङ–काठमाडाैं,काठमाडाैं –दाङका लागि लागि यात्रुहरु हुने अपेक्षा गरिएको छ।

यसैगरी विमानसेवा पुनः सञ्चालनसँगै भाडासमेत घटेको छ। दाङ काठमाडौंको भाडा ५ हजार ७ सय ७० भएको छ, भने काठमाडौंको भाडा ५ हजार ९ सय ६० रहेको छ। आउने र जाने दुवै तर्फ १ सय १० रुपैयाँ घटेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.