कार्यक्षमताका आधारमा मन्त्रीहरु हटाइँदै

|

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आइतबार बसेको सचिवालय बैठकले ओली नेतृत्वको सरकारको मन्त्रीपरिषद् पुनर्गठन गर्ने निर्णय भएपछि ओली दाहाल थप गृहकार्यमा जुटेको छ। 

आजको लागि डाकिएको सचिवालय बैठक आन्तरिक परामर्श नपुगेको भन्दै भोलिसम्मको लागि स्थगित गरेको थियो। अध्यक्षद्वयबीच भोलिको सचिवालय बैठकको बिषयमा छलफल भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी थिए। 

आइतबार बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा अन्य राजनीतिक नियुक्ति, सांगठनिक एकताका बाँकी काम र विविध गरेर चार एजेण्डामा छलफल भएको थियो। 

मन्त्रिपरिषद् हेरफेरको बिषयमा प्रमुख एजेण्डा बनेको छ। भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले पनि सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने निर्णय गरेको थियो। त्यही निर्णयलाई सचिवालय बैठकले कार्यान्वयन गराउन लागेको हो।

आइतबारको सचिवालय बैठकमा सबै मन्त्रीहरु फेर्ने पहिलो, सुरुमा मन्त्री भएका सबैलाई हटाउने दोस्रो र केहीलाई हटाएर केहीलाई ल्याउने विकल्पमा छलफल भएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सबै मन्त्रीहरु हेरफेर नगर्ने सहमति भएको बुझिएको छ। कार्यक्षमताको आधारमा कमजोर मानिएका मन्त्रीहरुलाई हटाउने पक्षमा निर्णय हुन सक्ने बुझिएको छ।

आइतबारको सचिवालय बैठकले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई मन्त्रिपरिषद् हेरफेरको जिम्मा समेत दिइएको थियो। सोहि अनुरुप उनीहरुले आज थप गृहकार्य गरेका हुन्।  बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यक्तिको बिषयमा छलफल नभएको बताएका थिए। 

ओली दाहालले निर्माण गरेको विवाद समाधान कार्यदल संयोजक विष्णु पौडेल तथा सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मासहितका नेताहरु मन्त्रीका बलिया दाबेदार हुन्। 

यी बाहेक उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ र स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलको पनि चर्चा छ। निश्चित मापदण्डको आधारमा मन्त्रीपरिषद् हेरफेर गर्नुपर्ने स्थायी कमिटीको निर्णय छ। यसअघि शिर्ष नेताहरुको भागबण्डाकै आधारमा मन्त्रिपरिषद्का सदस्य हेरफेर हुँदै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.