|

काठमाडौं : जुम्लामा सत्याग्रह बसेका डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिड्यारिटी फर डा. गोविन्द केसी एलायन्सको आयोजनामा गरिएको प्रदर्शन गरिएको थियो।

मौन प्रदर्शनका क्रममा युवाहरुले 'सत्यको आग्रह' लेखिएको मास्क लगाएर उभिएका थिए। विभिन्न माग राखेर जुम्लामा ७ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि भन्दै प्रहरी शनिबार जबर्जस्ती अस्पताल लगेको थियो।

केसीले भने आफूलाई जबर्जस्ती अस्पताल लगिएकोप्रति असन्तुष्टि जनाएका छन्। उनले आफ्ना माग पूरा गर्नुको सट्टा जबर्जस्ती अस्पताल लगिएकोमा आक्रोश व्यक्त गरेका छन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.