|
फोटो : पुनर्निर्माणपछि थाहा नगरपालिका–१ ओखरबजारको झम्केश्वरी माध्यमिक विद्यालय

हेटौंडा : २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका  मकवानपुर जिल्लाका विद्यालयको पुनर्निर्माण अन्तिम चरणमा छ। 

मकवानपुरमा भूकम्पबाट प्रभावित विद्यालय संख्या ४ सय ९ वटा  छ। यो आर्थिक वर्षको डाटाअनुसार भूकम्पबाट पूर्ण क्षति भएका कक्षाकोठा संख्या २ हजार ३ सय १० वटा  छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)  मकवानपुरका प्रमुख बद्री पाठकका अनुसार आंशिक क्षति भएका कक्षाकोठा संख्या १ हजार ४ सय ५४ छन्। 

यस्तो छ भौतिक प्रगति 

मकवानपुरमा हालसम्म विद्यालय पुनर्निर्माणअन्तर्गत कुल ३ सय १३ भवन र १ हजार ६ कक्षाकोठा, १ सय ४९ शौचालय तथा ८५ विद्यालय खानेपानी निर्माण गर्ने कार्यक्रम थियो। जसमा  जापान सरकारको ऋण सहयोग(जाइका) सिलबन्दी बोलपत्रमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) बाट विद्यालयमा भूकम्पप्रतिरोधी, बालमैत्री, अपांगमैत्री तथा अत्याधुनिक सुविधायुक्त २७ विद्यालय सम्पन्न भएका तथा केही विद्यालयका भवन तथा कक्षाकोठा पुनर्निर्माण क्रममा छन्। 

विभिन्न संघसस्थामार्फत पनि केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)को भूकम्पप्रतिरोधी, बालमैत्री, अपांगमैत्री स्वीकृत डिजाइनमा पूर्वस्वीकृतिपश्चात् २६ विद्यालयमा १ सय १४ कक्षाकोठा पुनर्निर्माण सम्पन्न भएका छन्। 

त्यस्तै विद्यालय व्यवस्थापन समितिसँग सम्झौता गरी भूकम्पप्रतिरोधी, बालमैत्री, अपांगमैत्री स्वीकृत डिजाइनमा आव ०७३/७४ मा ६८ विद्यालयमा २२० कक्षाकोठा, आर्थिक वर्ष ०७४/७५ मा ६८ विद्यालयमा २२० कक्षाकोठा निर्माण सम्पन्न भएका छन्। 

०७५/७६ मा ६५ विद्यालयमा २०० कक्षाकोठा तथा ०७५/७६ को दोश्रो चरणमा थप भई आएको ५१ विद्यालयका १५३ कक्षाकोठा र ७० विद्यालयमा शौचालय निर्माण कार्यमध्ये ४ विद्यालय भवन र २ शौचालय बाहेक अन्य सबै सम्पन्न भइसकेका छन्। 

०७६/७७ का लागि असार मसान्तमा प्राप्त कार्यक्रमअनुसार ६१ विद्यालय, ७९ शौचालय निर्माण र ८५ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि व्यवस्थापन समितिबीच सम्झौता भई विद्यालयको खातामा पेस्की उपलव्ध गराइएको राष्ट्रिय पुनर्निर्माण कार्यालय इकाइ जिल्ला प्रमुख बद्री पाठकले जानकारी दिए।  पाठकका अनुसार  आव ०७६/७७ को विनियोजित र खर्च ५१ विद्यालय भवन र ७० शौचालयमध्ये ४६ भवन र ६८ शौचालय सम्पन्न अर्थात  ९५ प्रतिशत  भौतिक प्रगति भएको छ। 

राष्ट्रिय पुनर्निर्माण कार्यालय इकाइ मकवानपुरले दिएको जानकारीअनुसार विद्यालय व्यवस्थापन समितिमार्फत ०७३/७४ देखि आर्थिक वर्ष ०७५/७६ को दोस्रो चरणसम्म जिल्लामा प्राप्त जम्मा २ सय ५२ भवनको ७ सय ९३ कक्षाकोठा मध्ये ०७६/७७ असार मसान्तसम्म २ सय ४६ विद्यालयको ७ सय ६९ कक्षाकोठा निर्माण भइसकेका छन् भने ५ वटा विद्यालयको ४/४ कोठे भवन निर्माणको काम अन्तिम चरणमा छ। त्यस्तै ७० वटा शौचालय निर्माणमध्ये ६८ वटा सम्पन्न भएको अवस्था छ। ​

जाइकाबाट निर्माण हुँदै गरेका जम्मा ४१ विद्यालयमध्ये २७  वटाको २ सय ७८ कक्षाकोठा निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने १४ विद्यालय भवन निर्माणाधीन छन् र एडिबीतर्फ नमुना विद्यालयको ४८ कोठे भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भएको छ भने गत आवदेखि ३ वटा विद्यालयको ४८ कक्षाकोठा निर्माण कार्य सुरु भइरहेको उनले भने।  

हालै सम्झौता भएका विद्यालयहरूको यस आवमा निर्माण कार्य सम्पन्न गरिने कार्यक्रम छ। पाठकका अनुसार आव ०७६/७७ को असार मसान्तसम्म तीनवटै मोडालिटीबाट कूल ३ सय  विद्यालयको १२ सय ९ कक्षाकोठा निर्माण सम्पन्न भई प्रयोगमा आएको छ। 

९९ प्रतिशत खर्च 

विद्यालय पुनर्निर्माणको खर्च विनियोजन भएको रकमको उच्च प्रतिशत छ। ०७३/७४ को विद्यालय भवन निर्माणमा विनियोजन भएको २५ करोड ४८ लाख ३८ हजार २४० रुपैयाँमध्ये २५ करोड ४६ लाख ६५ हजार २३६ रुपैयाँ अर्थात् ९९ दशमलव ९ प्रतिशत खर्च भएको छ।  

यस्तै आर्थिक ०७४/७५ को भवन निर्माणमा विनियोजन भएको  २७ करोड ४६ लाख ४४ हजार ८९८ रुपैयाँ रकममध्ये २७ करोड ३७ लाख ८१ हजार ८४ रुपैयाँ ९९ दशमलव ७ प्रतिशत खर्च भएको छ।  

यस्तै २०७५/०७६ को भवन निर्माणमा २९ करोड ९९ लाख ५५ हजार ३७८ रुपैयाँ रकममध्ये हालसम्म २९ करोड १७ लाख ४३ हजार ९५६ रुपैयाँ अर्थात् ९७ दशमलव ३ प्रतिशत खर्च भएको छ।
 
०७५/७६ को दोश्रो चरणमा भवन निर्माण तथा शौचालयमा ३२ करोड ८६ लाख रकममध्ये हालसम्म ३२ करोड ७९ लाख ९९ दशमलव ८ प्रतिशत खर्च भएको छ।यस्तै आर्थिक वर्ष ०७६/७७ को भवन निर्माणमा लागि ५० करोड ४३ लाख १६ हजार रकममध्ये हालसम्म ३१ करोड ६९ लाख ७६ हजार अर्थात् ६३ प्रतिशत खर्च भएको छ। यस खर्चमा आव ०७५/७६ दोश्रो चरणमा खर्च भएको रकमसमेत समावेश गरिएको कार्यालयले जनाएको छ।
 
मकवानपुरमा कुल ५ सय १६ वटा विद्यालय छन्। त्यस्तै जिल्लाको विद्यालयका कुल कक्षाकोठा संख्या ४ हजार ७६ वटा रहेका जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा तथा विद्यालय व्यवस्थापन समितिले जनाएको छ। 

विकटदेखि लकडाउनसम्म चुनौती

मकवानपुरका विद्यालयहरू दुर्गम तथा विकट स्थानमा भएको कारणले मुख्य चुनौतीको रुपमा ढुवानीमा समस्या परेको देखिन्छ।  यस्तै मकवानपुरमा वर्षाको कारणले छिटै निर्माण कार्य बन्द हुने र निर्माण कार्य थालनीमा समेत ढिलाइ हुने अवस्था रहेको देखिन्छ।

केही विद्यालयमा जग्गा अभावले भवन निर्माण गर्न नसकिएको समेत समस्या देखिने गरेको देखिन्छ भने विशेषगरी दुर्गम स्थानका विद्यालय निर्माणमा दक्ष जनशक्तिको अभाव रहेको अवस्था छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.