|

उदयपुर : कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण ६ महिनादेखि उदयपुरबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन्।

केन्द्र सरकारले असोज १ देखि सुरु गर्ने भने पनि उदयपुरमा भने असोज ५ देखि मात्र सञ्चालनमा आएको हिमाली यातायात व्यवसायी संघ गाईघाटका प्रतिनिधि प्रमेश्वर घिमिरेले बताए। उनले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सवारी साधन सञ्चालन ल्याएको बताए।

लामो समय सम्म बन्द भएको सवारी खुल्ने भएपछि यातायात व्यवसायी र मजदुरहरुमा खुसी भएका छन्। ६ महिनासम्म आफ्नो रोजगार गुमाएर बस्नुपर्ने समस्या अब हल हुने भएपछि आफूहरु खुसी भएको गाईघाटबाट काठमाडौंसम्म चल्ने बसका चालक बिशाल कोइरालाले बताए।

सरकारले सवारी साधन सञ्चालन गर्दा सामाजिक दूरी, मास्कको प्रयोग, सेनिटाइजर, निश्चित ठाउँमा यात्रु चढाउने झार्ने, बस चढ्नु अघि नै भाडा लेनदेन, १७ जनाभन्दा बढी मानिस नबोक्ने मापदण्ड रहेको घिमिरेले बताए।

सार्वजानिक यातायातमा सेवालाई स्वास्थ्य मापदण्डका साथ सुरु गर्ने भन्दै गाईघाटमा स्वास्थ्य सामग्री चालकहरुलई वितरण गरिएको छ। कोभिड नियन्त्रणका अनुगमन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी शशीकुमार लम्सालले स्वास्थ्य सामग्री प्रदान गरेको छन्। 

यस्तै, यातायात व्यवसायीहरुले स्वास्थ्य सचेतनाका लागि होर्डिङ बोर्ड, स्टिकर, पम्पप्लेट लगायतका सामाग्रीहरु समेत गाडीमा राखेका छन्। जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख होमप्रसाद खनालले ट्राफिक नियमको पालनामा ध्यान दिन आग्रह गर्दै लामो समयपछि खुलेको सार्वजानिक यातायातमा लापरवाही गरेको पाएमा कडा कारबाही गर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.