|

लमजुङ : बेसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्ते विकको चट्याङ लागेर मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गंडाबहादुर थापाका अनुसार विक सोमबार साँढे ५ बजे चट्याङ लागेर घाइते भएका थिए। उनको लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

पुमागाउँकै २२ वर्षीया चिजा गुरुङ पनि चट्याङ लागेर घाइते भएकी छन्। उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.