विराटनगर : कोरोना संक्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ पुरुषको मृत्यु भएको छ।
झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजेर ५० बजे मृत्यु भएको हो।
विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो।
उनी ५ असोजमा विराट मेडिकल कलेजमा भर्ना भएका थिए। उनको अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।