|

काठमाडौं : काठमाडौं महानगरपालिकाले अनलाइनबाट पढ्नका लागि ठाउँठाउँमा फ्रि वाइफाई राख्ने तयारी गरेको छ। विद्यार्थीहरुको सिकाई सहजीकरणको लागि महानगरपालिकाले नगरभित्रका ठाउँठाउँमा निःशुल्क इन्टरनेटको सुविधा दिन लागेको हो।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले विद्यार्थीको लागि फ्रि वाइफाई सेवा विस्तार गर्ने बारेमा तयारी थालेको जानकारी दिए। ‘कोरोना महामारीका कारण समयदेखि विद्यालय बन्द छन,’उनले भने,‘अहिले वैकल्पिक माध्यामबाट पढाई सुरु भएको छ। तर, कतिपय विद्यार्थी इन्टरनेटको पहुँचबाट बञ्चित छन। उनीहरुको सहजताको लागि ठाउँठाउँमा फ्रि वाइफाई राख्ने बारेमा छलफल भैरहेको छ। छिट्टै राख्ने टुंगोमा पुग्छौँ।’

उनका अनुसार महानगरपालिका भित्रका ३२ वडाका विभिन्न आवश्यक ठाउँहरुमा फ्रि वाईफाई राखिने छ। त्यहाँ गएर वा पायक पर्ने ठाउँबाट विद्यार्थी पढ्न सक्ने छन। प्रवक्ता डंगोलले अहिले पनि सभागृह,धार्मिक स्थल लगायतका ठाउँहरुमा निःशुल्क फ्रि वाइफाई राखिएको बताए। उनले भने,‘यो संकटको बेलामा पनि विद्यार्थीको निरन्तर कसरी सिकाइलाई अगाडी बढाउने भन्ने विषयमा पनि छलफल चलिरहेको छ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्रलाई बचाउन र सिकाई सहजीकरण गर्न दूर तथा  खुला शिक्षालगायत प्रणालीलाई तत्कालका लागि सिकाइ सहजीकरणलाई प्रभावकारी र व्यवस्थित गर्न ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ समेत जारी गरिसकेको छ। यही आधारमा अहिले विद्यालयहरुले शिक्षण सिकाइलाई अगाडी बढाएका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.