|

काठमाडौं : धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सिरहाका औरी गाउँपालिका ३ का ५० वर्षीय पुरुषको निधन भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

विराटनगरको न्यूरो अस्पतालबाट रिफर भइ ६ गते प्रतिष्ठानमा भर्ना भएका थिए। टाउको दुख्ने, उल्टी आउने,मस्तिष्क पक्षघात र मिर्गीको दौरा समस्या भइ अस्पतालबाट रिफर भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

उनलाई ६ गते विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। ७ गते राती पौने १ बजे मृत्यु भएको उनले जानकारी दिए। यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.