|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार १ सय ७२ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले बताए अनुसार यति धेरै संक्रमित थपिएका हुन्। 

योसँगै देशभर कोरोना संक्रमितको संख्या बढेर ६७ हजार ८ सय ४ पुगेको छ। सरकारले २४ घण्टामा ९ हजार ४ सय ४९ पिसिआर परीक्षण गरेको छ।

यही अवधिमा देशभरबाट १ हजार ८ सय ९३ संक्रमित कोरोनामुक्त भएका छन्। पछिल्ला १५ दिनयता लगभग एकै दरमा कोरोना संक्रमित बढिरहेका छन्। पाँच दिनअघि २४ घण्टाभित्रै २ हजार २० संक्रमित थपिएका थिए। 

बुधबार देशभर १७ हजार ४ सय १४ जना सक्रिय संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.