|

काठमाडौं : लकडाउन घोषणा भएपछि उपत्यका छोडेर गएकाहरू पुन: भित्रने क्रम जारी छ। अहिले उपत्यका छिर्नेहरूको लर्को लकडाउनका बेला उपत्यका छोडेर जाने जस्तै देखिएको छ। सरकारले लकडाउन हटाएपछि उपत्यकाभित्र बसोबास गर्ने अन्य क्षेत्रका व्यक्तिहरू आउने क्रम जारी छ।

यद्यपी, काठमाडौंका घरधनीहरूले बाहिरबाट आएकाहरूका लागि पीसीआर रिपोर्ट अनिवार्य गरेपछि कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न टेकु अस्पतालमा सर्वसाधरणको भीड लागेको छ। टेकुमा परीक्षणका लागि मानिसहरू रातदिन प्रतीक्षामा रहेपनि समयमै परीक्षण गर्न पाएका छैनन्। बुधबार पनि दिनभर पानी परिरहँदा मानिसहरू कोरोना परीक्षणका लागि लाइनमा बसिरहे।

उपत्यकामा लगातार संक्रमण बढेका कारण दैनिक करिब नौ सयदेखि एक हजार परीक्षण गर्न आउने गरेको अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले जानकारी दिए। आज पनि दुईदेखि तीन सय व्यक्ति स्वाब संकलनका लागि लाइनमा बसेको उनले बताए।

राजभण्डारीका अनुसार घरधनीले कोठामा प्रवेश गर्न नदिएकाले परीक्षण गर्नेको भीड बढेको हो। यो भीडलाई नियन्त्रण गर्न उपत्यका छिर्ने नाका तथा वडा कार्यालयमा परीक्षण दर बढाउन सरकारसमक्ष आफूले आग्रह गरिरहेको उनी बताउँछन्।

'टेकु अस्पतालले यो भीडलाई थाम्न सक्दैन्,' उनले भने, 'सरकारले परीक्षणका लागि विकल्प खोज्न जरुरी छ।' परीक्षणका लागि पालो कुरेर बसेका मानिसहरूलाई खाजाको व्यवस्थापन पनि भइरहेको उनले जानकारी दिए।

तस्वीरहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.