|

काठमाडौं : वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी वृद्धको पोष्टमार्टम हुने भएको छ। अस्पताल र केन्द्रीय कारागारले संयुक्त प्रेस विज्ञप्ति जारी गरि जैसवालको मृत्युको भ्रम हटाउन पोष्टमार्टम गर्न लागिएको जनाएका छन्। 

मेडिकल अवस्था नबुझी सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट कारागार भित्रबाट वा अस्पतालमा उनको हत्या गरिएको, आँखा निकालिएको, चोटपटक लाएको घाटी काटिएको जस्ता भ्रामक समाचार प्रकाशित भएकोमा दुवै प्रशासनले आपत्ति जनाएका छन्। 

'सिसिटिभी फुटेजबाट कारागार भित्र हत्या भएको देखिएको जस्ता कुरा भएको गलत साबित भइसकेको छ,'विज्ञप्तिमा भनिएको छ,' बाँकी रिपोर्ट पोष्टमार्टमपछि आउने र कैदीबन्दी का आफन्त तथा सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गर्दछौँ।'

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.