|

कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा एकजनाको मृत्यु भएको छ। 

बुधवार दिउँसो ४ बजे वाणगंगा नगरपालिका-९ भलवाडमा विद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्बरको जिप बगाएको थियो। मोतीपुर कजवे पार गर्ने क्रममा बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।

मृत्यु हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका उपल्लो तम्घास निवासी विद्युत् प्राधिकरणका सवारी चालक माधव पाण्डे रहेका छन्। प्राधिकरण जीतपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एकजना बेपत्ता भएका छन्।

जिपमा ४ जना कर्मचारी र २ जना सर्वसाधारण चढेका थिए। २ कर्मचारी र १ सर्वसाधारण भाग्‍न सफल भएका वाणगंगा नगरपालिका-९ का अध्यक्ष विष्णु गिरीले बताए।

घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी खोजतलास गरिरहेको सशस्त्र प्रहरी २८ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्कीले बताए। खोलामा पानीको बहाव बढेकाले खोजी गर्न असहज भएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.