|

सर्लाही : जिल्लाको दक्षिण पश्चिम क्षेत्र धनकौलमा बुधबार बेवारिसे शव फेला परेको छ। 

धनकौल गाउँपालिका–२ सहनी टोलस्थित उखुबारीको बीचमा अन्दाजी ३२-३५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। 

मधेसी समुदायको पुरुषजस्तो शव कुहिएको अवस्थामा फेला परेकोले पहिचान गर्न समस्या भएको उनको भनाइ छ। 

दिउँसो खेतमा घाँस काट्न गएका स्थानीयले गन्हाएको थाहा पाएपछि शव भेटेर प्रहरीलाई खबर गरेका थिए। उक्त स्थानमा घरेलु मदिरा उत्पादन हुने भएकोले अत्याधिक मदिरा सेवनका कारण उक्त व्यक्तिको मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.