|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारण रोकिएको परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको छ।

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबारको बैठकले वैकल्पिक व्यवस्थापनसहित छठलगत्तै परीक्षा सञ्चालन गर्ने निर्णय भएको त्रिविका रजिष्टार पेसल दाहालले बताएका छन।

परीक्षा सञ्चालनका लागि सम्बन्धित कार्यालयलाई तयारी गर्न निर्देशन दिने निर्णयसमेत गरेको उनले बताए। ‘छठलगत्तै स्वास्थ्यमापदण्ड अपनाएर लकडाउनमा रोकिएको सबै परीक्षा गर्ने निर्णय भएको छ,’उनले थाहाखबरसँग भने,‘सबै यातायात सञ्चालनमा आएकाले हामीले अनलाईन नभई भौतिक उपस्थितिमै परीक्षा गराउने निर्णय गरेका छौँ।’

दसैं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्राचारसमेत गरिसकेको उनले जानकारी दिए। उनका अनुसार फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अन्य परीक्षा सञ्चालन गर्दै लाने निर्णय भएको छ। त्रिविले पहिला सेमेष्टरको भर्चुअल परीक्षा गर्नेबारे छलफल गरेको थियो। तर, त्यो विकल्पको प्रयोग अब त्रिविले नगर्ने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.