नेपाल-चीन व्यापार संयुक्त कार्यदलको प्रथम बैठक गर्न वार्ता टोली र कार्यसूची स्वीकृत

|
फाइल फोटो

काठमाडाैं : असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले यो वर्ष बाढी र पहिरोका कारण असाध्यै ठूलो क्षति भएका सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकमा भएका निर्णय आज साँझ सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे बताएका हुन्। 

त्यस्तै विश्वबाट नेपाललाई प्राप्त करिब ६ अर्ब रुपैयाँ विपद् व्यवस्थापन र पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा खर्चिने पनि सरकारले निर्णय गरेको छ।  

नेपाल-चीन व्यापार संयुक्त कार्यदलको प्रथम बैठक गर्न यसको वार्ता टोली र कार्यसूची स्वीकृत गरिएको सरकारले जनाएको छ। यो बैठक अर्को हप्ता हुने पनि मन्त्री ज्ञवालीले बताए। 

त्यस्तै हाइटीमा भएको हैजा प्रकोपको ठूलो क्षति पुनर्स्थापनाका लागि र त्यसमा राहत पुर्‍याउन संयुक्त राष्ट्रसंघले बनाएको बहुपक्षीय कोषलाई नेपालले पाँच हजार डलर सहयोग गर्ने पनि हिजोको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उनले बताए। 

साथै नेपाल-इजरायल श्रम सम्झाैतामा हस्ताक्षर गर्न पनि प्रक्रिया बढाइएको उनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.