|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले बाघको छाला र सालकको आखेटोपहारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। अनलाइन सेवाको काम गर्दै आएका धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछाने पक्राउ परेका हुन्‌।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार अन्य जिल्लाबाट आई कास्की जिल्लाभित्र वन्यजन्तुको छाला र हड्डी अवैध रूपमा ओसारपसार तथा कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा लामिछानेलाई पक्राउ गरिएको हो।

गोप्य सूचनाका आधारमा चेक जाँचमा निस्किएको जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शिसुवाको टोलीले चेक जाँचकै क्रममा पोखरा महानगरपालिका–३१ बन पोखरीबाट उनलाई पक्राउ गरेको हो।

प्रदेश नं. ३–०२–०११ प ७८०६ नम्बरको मोटर साइकलमा सवार लामिछानेले बोकेको जेब्रा झोलाबाट एक थान बाघको छाला, एक थान सालकको पखेटा, वन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पन्जा गरी ३ किलो भन्दा बढी बरामद भएको छ।

बरामद गरिएको सामानसहित अभियुक्तलाई अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.