|

काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ। 

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा गएराति पुनः पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो। 

सोहि स्थानमा हिजो दिउँसो साढे ४ बजे पहिरो खसेको थियो। पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालनमा आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.