|

सल्यान : डिभिजन वन कार्यालय सल्यानमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वन कार्यालय सिल गरिएको छ।

वन रक्षक र कार्यालय सहयोगीलाई कोरोना पोजेटिभ देखिएपछि  कार्यालय सिल गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।

अर्को व्यवस्था नभएसम्मका लागि डिभिजन वन कार्यालयसहित तीनवटै सव डिभिजन वन कार्यालय सिल गरिएको डिभिजन प्रमुख रेमश गिरीले जानकारी दिए।

संक्रमित कर्मचारीको सम्पर्कमा रहेका सव डिभिजन वन कार्यालय शारदा नगरपालिका, बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिका पनि सिल गरिएको उनको भनाई छ। 

नेपालगञ्जबाट उपचार गरेर फर्किएका उनीहरूमा कोरोना संक्रमण देखिएको हो। नेपालगञ्ज उपचारको क्रममा कोरोना सरेको अनुमान गरिएको छ। उनीहरूलाई अहिले लुहापिङको आइसोलेसन कक्षमा राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.