|

एजेन्सी : सुशान्त सिंह राजपुतको मृत्युको मामिलामा लागुऔषधको कोणबाट जाँच गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले बलिउडका चार ठूला हस्तीसँग बयान लिने भएको छ।

उनीहरुले बयानका लागि हाजिर हुन इन्कार गरेपछि बुधवार समन जारी गरिएको छ। यिनमा दीपिका पादुकोण, श्रद्धा कपूर, सारा अली खान र रकुलप्रीत सिंह छन्। रकुलप्रीतलाई आजै एनसिबीले बयान लिने भएको छ।

रकुलप्रीतले आज बिहान उनलाई समन नमिलेको बताएकी थिइन्। तर अब एनसिबीले रकुलप्रीतले समन मिलेको कुरा स्वीकारेकी छन्। उनले आफ्नो ठेगाना पनि अपडेट गराएकी छन्। 

यसअघि समन नमिलेको कुरामा एनसिबीले सबै नायिकाहरुलाई कुनै न कुनै माध्यमबाट सम्पर्क कोशिश भइरहेको जनाएको थियो। नायिकाहरुलाई फवन गर्दा पनि नउठाएको एसिबीले जनाएको छ।

मुम्बईका तीन स्थानमा छापा

उता फेसन डिजाइनर सिमोन खंबाटासँग एनसिबी कार्यालयमा बयान चलिरहेको छ। सुशान्तर रियाकी पूर्व म्यानेजर श्रुति मोदीलाई पनि बोलाइएको छ। एनसिबीले मुम्बईका तीन स्थानमा छापा मापरेको छ। 

लागुऔषधको मामिलामा रिया चक्रवर्ती पक्राउ परिसकेकी छन्। एनसिबीका एक अधिकारीले रिया र दीपिकाको मामिला कहीँ न कहीँबाट एकै जस्तो देखिएको बताएका छन्। दुवैमाथि एकै धारा लगाएर सजाय दिन सक्ने अवस्था देखिएको छ। रियाको मामिला यस केससँग मिल्दोजुल्दो छ। किनकी  म्यानेजर जया साहा यी सबैको सम्पर्कमा रहेर लागुऔषधको व्यवस्थापन गराउने कुरा गरिरहेकी थिइन्।

दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशको च्याटको स्क्रिनसट मिलेपछि दीपिकालाई समन पठाइएको हो। करिश्माले आफ्ना वकीलमार्फ एनसिबीसँग २५ सेप्टेम्बरसम्मको छुट्टी मागेकी थिइन्। 

वकीलले एनसिबीसँग करिश्मा बिरामी रहेको बताएकी थिइन्। त्यसैले हाजिर हुन नसक्ने बताएकी छन्। तर समाचार अनुसार उनी गोवामा दीपिकासँगै छिन्। एनसिबीका डेपुटी निर्देशक (अपरेशन) कमल मल्होत्राले दीपिकाको गिरफ्तारीको आशंकासँग जोडेका सवालमा केही बताउन चाहेनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.