|

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज ५ सय १३ महिला र  ९ सय ८४ पुरुषमा संक्रमण देखिएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ।

आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ जना छन्। संस्थागत आइसोलेशनमा ८ हजार ६ सय १४ जना छन्।  साथै ११ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण गरिएको छ।

आज ४ सय ५७ जनाले कोरोना जितेका छन्  यस्तै काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको छ। यस्तै चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण देखिएको छ। 

आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ। संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय ७, प्रदेश नम्बर २ मा ९ सय ८४, बागमती प्रदेशमा ५ हजार ३ सय ९ र गण्डकी प्रदेशमा ६ सय ३० जना रहेका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ८ सय ४२, कर्णाली प्रदेशमा २ सय ८१ र सुदूरपश्चिम प्रदेशमा ४ सय ६१ जना गरी देशभर संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना संक्रमित रहेका छन्। 

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ७७, प्रदेश नम्बर २ मा ६ सय ४३, बागमती प्रदेशमा ५ हजार ५ सय ३६ र गण्डकी प्रदेशमा ३ सय ६० जना रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ८६, कर्णाली प्रदेशमा २ सय ३३ र सुदूरपश्चिम प्रदेशमा १ सय ८८ गरी देशभरी ९ हजार ८ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

आइसियुमा २ सय ३२ जना र भेन्टिलेटरमा २८ जना संक्रमित उपचाररत रहेका छन्। आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ६ सय, प्रदेश नम्बर २ मा १२ हजार ८ सय ५, बागमती प्रदेशमा ३ हजार ७२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४८  जना डिस्चार्ज भएका छन्।

यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ८ सय २५ कर्णाली प्रदेशमा २ हजार ७ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ७० गरी देशभरी ५० हजार ४ सय ११ जना संक्रमित डिस्चार्ज भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.