काठमाडौं : गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार विपक्षीलाई कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशको छलफलका लागि असोज १४ गते बोलाउने आदेश दिएको हो।
गोरखापत्रकी प्रबन्ध सम्पादक हरिकला अधिकारीले पत्रकारिता सेवामा आफू ११ तहको हुँदाहुँदै आफूभन्दा कनिष्ठ तह १० को दरबन्दीमा रहेका श्रीधर आचार्यलाई निमित्त प्रधानसम्पादक बनाएकोमा सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन्।
भदौ ३१ मा अधिकारीले दिएको उत्प्रेषणयुक्त परमादेशको लागि रिट निवेदन माथि सुनुवाइ गर्दै सो आदेश जारी गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।