|

काठमाडौं : होटल तथा रेन्टुरेन्ट व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा दिने र बैंकिङ कारोबारको पहुँमा ल्याउन ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ। 

महासंघसँग आवद्ध होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने एवं सरल साथ बैंकिङ कारोबारको पहुँचभित्र ल्याउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन्।

महासंघ नेपालसँग आवद्ध व्यवसायीहरुलाई आर्थिक कारोबारमा सघाउ पुर्याउन तथा कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पुर्याउने उद्देश्यले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको छ। यस्तै, महासंघसँग आवद्ध व्यवसायीहरुका लागि बैंकले आवश्यकता अनुसार बैंकिङ एवं वित्तीय साक्षारतासम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ। सुविधा लिन व्यवसायीहरुले आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.