|

काठमाडौं : सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ।

हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको छ। हाल यस्तो सुविधा अरु एयरलाइन्सलाई छैन। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अब हिमालय एयरलाइन्सले आफूलाई आवश्यक पर्ने उपकरण र जनशक्ति ल्याएर आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न सक्नेछ।

अब आफ्ना विमान रोकिएपछि विमानबाट यात्रु ओराल्ने भर्‍याङ हाल्ने, बस लिएर जाने, यात्रुलाई टर्मिनलसम्म ल्याएर छोड्ने, उड्ने यात्रुलाई विमानसम्म पुर्‍याउने, विमानबाट ब्यागेज झार्ने, ब्यागेज बेल्टमा व्यवस्थापन गर्ने, टिकेटिङ गर्ने लगायतका काम हिमालय एयरलाइन्स आफैंले गर्नेछ।

आफ्ना विमानको आफैं ह्यान्डलिङ गरेपछि ग्राउन्ड ह्यान्डलिङबापत तिर्नुपर्ने हिमालय एयरलाइन्सको खर्च जोगिनेछ भने भने नेपाल एयरलाइन्सको भने आय घट्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.