संखुवासभा : सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरो पीडितलाई ४५ लाख रुपैयाँ सहयोग उपलब्ध भएको छ। गत असार २८ मा आएको पहिरो पीडितलाई विभिन्न संघ संस्थाहरुबाट ४५ लाख रुपैयाँ रकम सहयोग उपलब्ध भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।
अध्यक्ष कुलुङका अनुसार सिलिचोङ समन्वय समिति काठमाडौंले १३ लाख १३ हजार, अरुण तेस्रो जलविद्युत् आयोजनाको सतलज कम्पनीले १० लाख, खाँदबारी नगरपलिका तीन लाख, चिचिला गाउँपालिका एक लाख, कोरियाबाट पाँच लाख रुपैयाँ उपलब्ध भएको छ। त्यस्तै अमेरिका, जापान तथा संखुवासभास्थित विभिन्न संघ संस्थामा आवद्व कर्मचारी, स्थानीय तहका कर्मचारी, समूह, व्यक्तिबाट सहयोग रकम आउने क्रम जारी रहेको अध्यक्ष कुलुङले बताए। केही दिनअघि संखुवासभा समाज हङ्कङ र वरुण बहुमुखी क्याम्पसले पाँच लाख ३० हजार ५५ रुपैयाँ सहयोग उपलब्ध गरेका थिए।
पहिरोबाट बेसिन्दाका १०६ घर विस्थापित भएका छन्। यस्तै, नौ घरका ११ जना बेपत्ता भएका छन्। पहिरो पीडितलाई चित्रे, पौखमटार र बुधकारेमा अस्थायी टेण्टका राखिएको अध्यक्ष कुलुङले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।