हेटौंडा : मकवानपुरको मनहरी–७ मा ईनारमा पसेका २ जना हराएका छन् भने अर्का एक जना अचेत भएका छन्।
मनहरी–७ मा रहेको साह पार्टी प्यालेसको ईनारभित्र राखेको पानी तान्ने मोटरपम्प विग्रिएपछि बनाउन गएका दुई जना हराएका हुन्। अर्का एकजना अचेत भएका छन्।
पार्टी प्यालेस संचालकका छोरा सुरज साह मोटरपम्प बनाउन इनारमा पसेकोमा बाहिर नआएपछि स्थानीय उत्सव नेपाली पनि इनारमा पसेका थिए। दुबै बाहिर नआएपछि उद्धारका लागि डोरीको सहायताले पसेका आनन्द लो बीचमै अचेत भएका थिए। उनको उद्धार गरि उपचारका लागि हेटौंडा पठाइएको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।