|

पोखरा : एक वर्षअघिदेखि सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायो ग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएको छ। तर यो कम्पनीले उत्पादन गरेको मलको बजार व्यवस्थापनमा समस्या देखिएको छ। 

पोखरा महानगरपालिका-३२ मा रहेको कम्पनीले अहिले महानगर भित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको छ। 

‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा बायो ग्यास र प्राङ्गारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको छ। 

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको छैन। बजार अभाव हुँदा नत उत्पादित मल विक्री भएको छ न बायो ग्यास नै विक्री गर्न सकिएको कम्पनीले जनाएको छ। 

उत्पादित मल र बायो ग्यास सबै स्टकमा थुप्रिएको कम्पनीले जनाएको छ। कम्पनी विभिन्‍न क्षेत्रबाट पोहोर संकलन गरिरहेका भएपनि पोखरा महानगरपालिकाको फोहोर भने वर्गीकरण गरि नछुट्याएका कारण नलिने गरेको सञ्चालक कुशल गुरुङले बताए।

कम्पनीले निरन्तर खेर गएको फोहोरलाई प्रयोग गरि अर्ग्यानिक मल उत्पादन गर्दै आइरहेको छ।  दैनिक ४५ टन फोहोरलाई प्रशोधन गरि दिनको ५ देखि ७ टनसम्म उत्पादन गर्ने क्षमता भएको कम्पनीको दाबी छ। 

अर्ग्यानिक फार्मका कृषकहरु र अनुदानमा टनेल खेती गर्ने कृषक नै यस कम्पनीका ग्राहक हुन्। कास्कीमा अहिले ३ वटा प्राङ्गारिक मल उत्पादन गर्ने कम्पनी रहेका छन्। 

गण्डकी प्रदेश सरकारले प्रत्येक प्रदेशको निर्वाचन क्षेत्रमा मुख्यमन्त्री नमुना वातावरण मैत्री गाउँलाई पूर्ण प्राङ्गारिक गाउँ बनाउने लक्ष्य लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.