|

डडेल्धुरा : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को सातौँ म्याचमा दिल्ली क्यापिटल्सले चेन्‍नई सुपर किङ्स (सीएसके) लाई १ सय ७६ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्ली निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७६ न बनायो। उसका लागि ओपनर पृथ्वी शाहले ६४, शिखर धवनले ३५, कप्तान श्रेयस अय्यरले २६, ऋषभ पन्तले नटआउट ३७ र मार्कस स्टोइनिसले अविजित ५ रन बनाए।

बलिङमा सीएसकेका पियूष चावलाले २ र साम कुरानले एक विकेट लिए।

सन्दीपले पाएनन् मौका

सिएसकेविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ-११ मा मौका पाउन असफल भएका छन्। दिल्ली क्यापिटल्सबाट तेस्रो पटक आइपीएल खेलिरहेका सन्दीपले जारी सिजनमा लगातार दोस्रो पटक प्लेइङ-११ मा मौका नपाएका हुन्।

दिल्लीले आज टिममा २ खेलाडी परिवर्तन गरेको छ। उसले रविचन्द्रन आश्विनको स्थानमा अमित मिश्रा र मोहित शर्माको स्थानमा आवेश खानलाई मौका दिएको छ।

दिल्लीको प्लेइङ-११

शिखर धवन, पृथ्वी शा, शिमरोन हेटमायर, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकीपर), मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिक नोर्किया र आवेश खान।

सीएसकेको प्लेइङ-११ 

मुरली विजयी शेन वाटसन, फाफ डु प्लेसिस, रुतराज गायकवाड, साम कुरान, केदार जाधव, रवीन्द्र जडेजा, एमएस धोनी (कप्तान), दीपक चहार, पियुष चावला र जोश हेजलउड

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.