|

पाल्पा : पाल्पाको रम्भा गाउँपालिका-२, फोक्सिङकोटमा पहिरो जाँदा हराइरहेका पाँच जनाको शव भेटिएको छ। 

स्थानीय हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा हराएका ६० वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, मामाघर आएकी नातिनी १४ वर्षीया र मनबहादुरकी नातिनी ८ वर्षीया लक्ष्मी गाहा र २७ वर्षीया मोतिसरा गाहाको शव भेटिएको पाल्पा प्रहरीले जानकारी दिएको छ।

मोतिसराको शव बिहीबार नै फेला परेको थियो। उनी गर्भवती रहेकी खुलेको छ।

शुक्रबार बिहान करिब ४ बजेतिर गएको पहिरोमा उनीहरू पुरिएका थिए। तीन दिनदेखि परेको अविरल वर्षाका कारण जमिन कमजोर बनेपछि पहिरो चलेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.